दल

कुन दलले कति पालिका जिते ?

इकागज |
बैशाख ३१, २०७९ शनिबार १४:० बजे

काठमाडौँ- हालसम्म १० वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले ५ वटा स्थानीय तहको प्रमुख जितेको छ । त्‍यस्तै नेपाली कांग्रेसले तीन पालिका जितेको छ भने एकीकृत समाजवादीले २ वटा पालिकामा जितेको छ । 

नेकपा एमालेका उम्मेदवार कान्छा घले मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा विजयी भएका छन् । मनाङको चामे गाउँपालिकामा एमालेका धावा लोकेन्द्रबहादुर घले विजयी भएका छन् । मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेका रिङजिन नामगेल गुरुङ विजयी भएका छन् भने डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा एमालेका धावा सम्डुङ गुरुङ विजयी भएका छन् ।


त्यसैगरी मनाङको नार्पा भूमी गाँउपालिकामा कांग्रेसका कोन्जो तेन्जीङ लामा विजयी भएका छन् । मनाङको नासोँ गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । मुस्ताङको घरपोझङ गाउँपालिकामा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङले डोल्पाको छार्का साङतोङ गाउँपालिकामा जितेका छन् । डोल्पाको काइके गाउँपालिकामा पनि एकीकृत समाजवादीका अंगदकुमार राना विजयी भएका छन् ।


Author

थप समाचार
x