दल

बाबुरामको गृहनगरमा यस्तो छ पछिल्लो मत परिणाम

इकागज |
बैशाख ३१, २०७९ शनिबार ९:५८ बजे

काठमाडौँ- गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् । दोस्रोमा कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १९१ मत पाएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् भने एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् ।


त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत पाएकी छन् । त्यस्तै माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ मत पाएकी छन् भने एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।

हालसम्म पालुङटारमा  ७ सय मत गणना भएको छ । यो जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृह नगर हो ।


Author

थप समाचार
x