दल

माघमै नयाँ पार्टी घोषणा गर्ने तयारीमा वामदेव

विनोद देवकोटा |
माघ १८, २०७८ मंगलबार १०:३४ बजे

फाइल तस्‍बिर

काठमाडौँ- वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । राष्‍ट्रिय सभा सदस्यसमेत रहेका गौतमले वर्तमान अवस्थामा विकृत राजनीतिको विकल्प दिन नयाँ पार्टी गठनको तयारीमा रहेको इकागजलाई बताए । उनका अनुसार पार्टीको नाम भने कम्युनिस्ट नभएर प्रजातान्त्रिक मिलाएर राख्‍ने तयारी छ ।

‘मेरो योजना माघभरिमा कुनै एउटा मार्क्सवादी पार्टीको जग हाल्ने विचार छ,’ इकागजसँग उनले भने, ‘नयाँ पार्टीको नाम चाहिँ कम्युनिस्ट पार्टी हुँदैन । नाम प्रजातान्त्रिक मिलाएर राख्नुपर्छ । त्यो मार्क्सवादी-लेनिनवादी पार्टीनै हुन्छ । त्यसका उद्देश्य, लक्ष्य र क्रियाकलाप कम्युनिस्ट पार्टीका जस्तै हुन्छन् ।’


गौतम नेकपा एमालेबाट राजीनामा दिएर राष्ट्रिय एकता अभियानमा गठन गरेका थिए । गौतमको अन्तर्वार्ता केहीबेरमा इकागजमा प्रकाशित हुँदैछ । 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x