दल

रुसी ग्यास पाइप लाइन अवरुद्ध गर्ने अमेरिकाको चेतावनी

इकागज |
माघ १४, २०७८ शुक्रबार १०:१६ बजे

काठमाडौँ - रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको छ ।

नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरुले बुधबार बताएका थिए । 


रसियाले युक्रेन अतिक्रमण गरे आफूहरुले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरुले बताउँदै आएका छन् । र, उनीहरुका पछिल्ला टिप्पणीले आकर्षक पाइपलाइन परियोजनामा पश्चिमा देशको अडान कठोर रहेको देखिन्छ ।

रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, पश्चिमा मुलुकहरु उसको भनाईप्रति शंका गदैै आएका छन् । 

‘म धेरै प्रष्ट हुन चाहन्छु कि रसियाले एक वा अर्को तरिकाले युक्रेनमाथि हमला गरेमा नर्ड स्ट्रिम २ परियोजना अगाडि बढ्ने छैन्,’ विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी प्रसारक एनपीआरसँग भने । एजेन्सी 
 


Author

थप समाचार
x