दल

संक्रमित ओली कार्यक्रममा पुगेपछि चर्को आलोचना

इकागज |
माघ १३, २०७८ बिहीबार २१:२७ बजे

काठमाडौँ : प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली कोभिड संक्रमित भएकै बेला सार्वजनिक कार्यक्रममा देखिएपछि चर्को आलोचना भएको छ । माघ ९ गते कोभिड १९ बाट संक्रमित भएका ओली बुधबार भक्तपुरको एक सार्वजनिक कार्यक्रममा पुगेका हुन् । युवा संघले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा संक्रमित ओली पुगेर भाषण गरेपछि बिहीबार सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको हो । 

खासगरी ट्वीटरमा संक्रमित ओली सार्वजनिक कार्यक्रममा पुगेपछि उनको चर्को आलोचना भइरहेको हो । संक्रमित भएको चार दिनमै सार्वजनिक कार्यक्रममा पुगेर  अरुलाई पनि संक्रमण फैलाएको भन्दै उनको आलोचना बढेकाे छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्वास्थ्य मापदण्डमा कडाइ गरेका बेला नै ओली सार्वजनिक कार्यक्रममा पुगेर प्रशासनले जारी गरेको मापदण्डको उल्लंघन गरेपछि आलोचना भएको हो ।


‘संक्रमित भएर सार्वजनिक कार्यक्रममा पुगेपछि ओलीलाई कारबाही गर्नुपर्छ,’ दिनेश गौतम नाम गरेका प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन् । 


Author

थप समाचार
x