दल

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको राँके जुलुस

इकागज |
माघ १४, २०७८ शुक्रबार ७:१४ बजे

काठमाडौँ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थीले बिहीबार काठमाडौंमा राँके जुलुस निकालेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीले बिहीबार बागबजारमा राके जुलुस निकालेको हो ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर लगाएका नारा लगाएका थिए । उनीहरुले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो । 



 


Author

थप समाचार
x