दल

प्रदेश १ मा पुनः मतगणना गर्न गुरु घिमिरेको माग

इकागज |
मंसिर २०, २०७८ सोमबार ९:२६ बजे

विराटनगर - कांग्रेस प्रदेश १ मा गुरु घिमिरेले पुनः मतगणना गर्न माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् । सभापतिमा दुई मतले पराजित घिमिरेले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन् । 

संस्थापनइतर समूहबाट उठेका घिमिरे संस्थापनपक्षका उमेदवारसँग पराजित भएका हुन् । मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताए ।


महामन्त्रीमा संस्थापनइतरका उमेश थापाबाहेक अरू पदाधिकारीमा संस्थापनका उमेदवार निर्वाचित भएका छन् ।


Author

थप समाचार
x