दल

प्रदेश १ कांग्रेस अधिवेशन:

गुरुराज घिमिरेको झिनो अग्रता

इकागज |
मंसिर १९, २०७८ आइतवार २२:१५ बजे

फाइल फोटो

विराटनगर - नेपाली कांग्रेस प्रदेश १ को जारी मतगणनामा संस्थापन इतरका सभापतिका उम्मेद्ववार गुरुराज घिमिरेले ४४ मतको अग्रता कायम गरेका छन् । निर्वाचन समितिका अनुसार एक हजार मत गणना सकिंदा घिमिरेले ५०३ मत प्राप्त गरेका हुन् । 

संस्थापन पक्षका उद्वव थापाले ४५९ मत प्राप्त गरेका छन् । घिमिरले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका थापाविरुद्ध अग्रता कायम गरेका हुन् । दुई उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी र टंक प्रसाद राई नै अगाडि देखिएका छन् । रायमाझीले ४९२ र राईले ४७३ मत पाएका छन् । इतर पक्षका गोविन्द प्रसाद ढुंगानाले ४४२ र विश्वनाथ रिजालले ३९७ मत प्राप्त गरेका छन् । 


दुई महामन्त्रीमा भने इतर पक्षका उमेश थापा ४८७ र संस्थापनका पदम सुन्दर पालुङ्वा ४५४ मतका साथ अगाडि रहेका छन् । महामन्त्रीमा इतर पक्षकै दिपन कुमार श्रेष्ठले ४४९ र संस्थापनका भुपेन्द्र राईले ४४५ मत पाएका छन् । 

यता एक महिला सहमहामन्त्रीमा भने दुई पक्षका उम्मेदवारहरु बराबरीमा छन् । संस्थापनकी प्रमिलाकुमारी गछदार र इतर पक्षकी सीता कार्कीले समान ४६७ मत पाएका छन् ।  खुल्ला दुई सह महामन्त्रीमा संस्थापनका खड्ग फागो ५७६ र बिनोदकुमार बस्नेत ४३३ मतका साथ अगाडि छन् । 

सहमहामन्त्रीमा इतर पक्षका रोहितकुमार साह ३८४ र विरकाजी राई ३८६ मतका साथ पछ्याइरहेका छन् । दुवै समुहको प्यानलमा नपरेका सहमहामन्त्रीका उम्मेदवार शुभचन्द्र राईले ४७ मत पाएका छन् ।
 


Author

थप समाचार
x