दल

मकवानपुरबाट सात जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सुसन लामिछाने |
मंसिर ९, २०७८ बिहीबार १२:१० बजे

हेटौंडा- भोलिबाट चितवनमा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।  महाधिवेशनमा मकवानपुरबाट ७ जना एमाले नेताहरुले केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमाले मकवानपुर ईन्चार्ज रामेश्वर राना, बागमती प्रदेश सदस्य एवं पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश सदस्य एवं प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त पौडेल, सुभाष चन्द्र ठकुरी, एमाले प्रदेश सदस्य रघुनाथ खुलालले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । 


ईन्चार्ज राना र राईले जनजातिबाट केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने भएका छन् । दाहाल, ठकुरी र खुलालले खुल्लाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनेछन् । यसैगरी पौडेलले बागमती प्रदेश भुगोलबाट र श्रेष्ठले महिलाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी छ । 

मकवानपुर जिल्लाबाट १९ जना महाधिवेशन प्रतिनिधि बनेर चितवन जाँदैछन् । मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रबाट ८/८ जना, २ जना मनोनीत र एक जना दलित गरेर १९ जना महाधिवेशन प्रतिनिधि छन् ।


Author

थप समाचार
x