दल

माओवादीको स्थायी कमिटी बैठक सुरू

इकागज |
मंसिर २८, २०८१ शुक्रबार १२:३० बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी रहेको छ ।

हिजो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यब्यस्तताका कारण बस्न नसकेपछि आज बसिरहेको हो ।


पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा उक्त बैठक बसिरहेको छ ।  हिजो गृह जिल्ला चितवन र धादिङका बिभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड ब्यस्त भएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको थियो । 

गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बिआरआइ सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।

सो बैठकले पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्ने आंकलन गरिएको छ । 


Author

थप समाचार
x