समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गर्नुपर्छ : देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन गर्दै सभापति देउवाले अहिलेको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका हुन् ।
उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे ।
सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए । संविधानमा केही कमीकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मत रूपमा पास भइ राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास व्यक्त गरे ।
देउवाले अहिलेको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्वपूर्ण बिषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया