दल

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन् : ओली

इकागज |
जेठ २७, २०८० शनिवार १६:१६ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन् ।

मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो । शनिबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताए ।


ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनि सरकारमाथि कटाक्ष समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए । वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको उल्लेख गरे ।

उनले वर्तमान सत्तारूढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी समेत गरे । अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए ।

ओलीले कर्मचारीहरूलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न पनि पटकपटक आग्रह गरे । उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए ।
 


Author

थप समाचार
x