दल

भोलि राजधानीमा नेमकिपाको जुलुश र धर्ना

इकागज |
जेठ २०, २०८० शनिबार २०:४२ बजे

फाइल फोटो

भक्तपुर - राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भोलि आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ । बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद भवन नयाँ बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्वोधन हुने पनि जनाइएको छ । 

यसअघि पार्टीको सचिवालयको बैठक वैशाख १७ गते बसी प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यसपछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुस र धर्ना गर्न लागेको जनाइएको छ । 



Author

थप समाचार
x