दल

देउवालाई गगन थापाको प्रश्न : नेतृत्व छाड्न तयार हो ?

इकागज |
जेठ १८, २०८० बिहिवार १६:४९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी अप्ठ्यारो अवस्थाबाट गुज्रिएको बताएका छन् । छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् । 

आम कार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टी हितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर देउवा यसका लागि तयार हो भनेर प्रश्नसमेत गरेका छन् ।


सबैले नेतृत्वले ठीक ढंगसँग काम गर्न नसकेको गुनासो आइरहेको बताउँदै महामन्त्री थापाले भने, ‘हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ । पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? उहाँ तयार हुनुहुन्छ ?’​

जहाँबाट समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्न नसक्ने उनको भनाइ छ । 
 


Author

थप समाचार
x