दल

पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने

इकागज |
जेठ १६, २०८० मंगलबार २०:९ बजे

फाइल फोटो

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा तीन दिन आधा झण्डा झुकाउने भएको छ ।

कांग्रेसले मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।


पाण्डेको निधनमा सभापति शेरबहादुर देउवाले पनि दु:ख व्यक्त गरेका छन् । ‘उनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ,’ उनले भनेका छन् ।

पाण्डेको निधनले कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको पनि देउवाले बताए । ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भने ।


Author

थप समाचार
x