दल

गाँजाखेतीको प्रस्तावप्रति खुसी हुँदै पूर्वमन्त्री तामाङले भने : सरकार र समर्थनलाई धन्यवाद, हामी सबैलाई बधाई

इकागज |
जेठ १५, २०८० सोमबार २१:३१ बजे

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा साेमबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्व जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् ।
     
नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा एमालेका स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन् । उनले भने, 'सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।'



Author

थप समाचार
x