दल

सांसद विकास कोषको विरोध गर्दै सुमनाले भनिन् : यो नीतिगत भ्रष्टाचार हो

इकागज |
जेठ १५, २०८० सोमबार १९:२५ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ देखि ब्युँत्याएको सांसद विकास कोषको विरोध गरेकी छन् । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै आवदेखि सांसद विकास कोष ब्युँतिएको जानकारी दिएपछि श्रेष्ठले यसको विरोध गरेकी हुन् । 

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन्, ‘गलत गलत गलत निर्णय । सांसदको काम के हो अर्थमन्त्रीज्यू ? किन भौतिक प्रोजेक्टको मैनेजर बनाउन खोज्नू भएको ? किन स्थानीय सरकारको कार्य गर भन्ने । किन चुनाव लक्षित बजेट ? नीतिगत भ्रष्टाचार लाग्छ– सांसद विकास कोष ।’


सरकारले प्रत्येक सांसदलाई आफ्नो निर्वाचन क्षेत्र विकासका लागि पाँच करोड रुपैयाँ निर्णय गरेको छ । 

दुई वर्षअघि सरकारले यो योजना खारेज गरेको थियो । 

श्रेष्ठले संसद्‍मा सुरुदेखि नै सांसद विकास कोषको विरोध गर्दै आएकी थिइन् । 


Author

थप समाचार
x