दल

शिक्षा क्षेत्रको बजेट घटाउनु हुँदैन : सांसद खनाल

इकागज |
जेठ ४, २०८० बिहीबार १८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताएका हुन् । उनले मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै त्यसो गरिए दुर्भाग्यपूर्ण हुने जिकिर गरे । उनले सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उल्लेख गरे ।


उनले भने, ‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने भएको अवस्थाको बजेट भन्दा झन्डै हामीलाई यही वर्ष पनि सय अर्ब भन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ । तर, मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ । त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ । नेपालको शिक्षाको जग निर्माण गर्नुपर्ने समयमा शिक्षामा बजेट कटौती भयो भने त्यसमा भइरहेको शिक्षालाई झन पछाडि धकेल्छ ।’
 


Author

थप समाचार
x