दल

उपनिर्वाचन

चितवन-२ मा रास्वपाबाट रवि उम्मेदवार हुने निश्चित : तनहुँमा स्वर्णिम र बारामा रमेशको सम्भावना

एकको बदला तीन लिएर संसद् छिर्ने सपना छ : सभापति लामिछाने

इकागज |
चैत १७, २०७९ शुक्रबार ७:३ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटै क्षेत्रका उम्मेदवार सार्वजनिक गरेको छ । रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि रमेश खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको हो ।

बारा २ बाट खरेल उम्मेदवार हुने करिब पक्का भएको छ। खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ। उनीहरू प्रारम्भिक निर्वाचनबाट उम्मेदवार चयन हुनेछन् । 


उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ । चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन् ।  

तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा. स्वर्णिम वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ। तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ।

वाग्लेले बिहीबार मात्रै कांग्रेस त्यागेका थिए ।

बैशाख १० गते चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ । 

सभापति लामिछानेले एकको बदला तीन लिएर आउने दाबी गर्नुभएको छ । नागरिकता सम्बन्धि विवादमा दोषी ठहर भएपछि उहाँको सांसद पद गुमेको थियो । 'मेरा गोडामा काँडा बिझेका थिए। म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन,' उनले भनेका छन्, 'अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तीन लिएर संसद् छिर्ने सपना छ।


Author

थप समाचार
x