दल

'मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ'

इकागज |
चैत १६, २०७९ बिहीबार १६:२४ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने उनकाे भनाइ थियाे ।


अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको उल्लेख गरे । उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए । उनले आम नागरिकहरू बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने जिकिर गरे ।


Author

थप समाचार
x