दल

कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

इकागज |
चैत १६, २०७९ बिहीबार १४:८ बजे

काठमाडौं- नेपाली कांग्रेसले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसम्पादन समिति बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो । 


बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठ वटा मन्त्रालय दिने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवाले पाएका हुन् । 


Author

थप समाचार
x