दल

बारा-२ मा फेरि बैठक बसेर टुंग्याउने

चितवन-२ र तनहुँ-१ मा कांग्रेसले टुंग्यायो उम्मेदवार

इकागज |
चैत १६, २०७९ बिहिवार १२:४५ बजे

काठमाडौँ - नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफलगरी टुंग्याउने निर्णय भएको छ । ‘यो बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको छ । तनहुँ क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,' उनले भने, 'चितवन क्षेत्र नम्बर २ मा पार्टीका पूर्वचितवन सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको छ ।’


त्यस्तै बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समधान गर्ने कुरामा पनि छलफल भएको प्रवक्ता महतले बताए । उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले सरकारले तत्काल समाधानको लागि तत्परता देखाइ समाधान गर्ने विषयमा निर्णय भएको बताए ।


Author

थप समाचार
x