दल

निष्कर्षविहीन दश दलीय गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटको विषय प्रवेश नै भएन

इकागज |
चैत १४, २०७९ मंगलबार १९:२ बजे

काठमाडौँ- दश दलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठक निष्कर्षबिना नै सकिएको हो । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आफ्नो-आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकिएकाे हाे ।


बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने बताए । उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताए ।

प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि दाबी गरे । उनले आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको जानकारी दिए ।


Author

थप समाचार
x