दल

कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ ?

इकागज |
चैत १३, २०७९ सोमबार १०:४६ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरू हिँड्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताएका हुन् । 

उनले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताए । ‘२०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोडबल दिएको हामीले पाएका छौँ । तर २०४६ को परिवर्तनपछि प्रतिवन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि 'पावर बेस पोलिटिक्स'मा जुन रुपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ,' उनले भने, 'त्यसमा सबैले मनन् गरौँ । आजको दिनमा सपना राजभण्डारीज्युले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जिवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको छ । स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गर्नुभएको देन समाजले बिर्सिने छैन । कदर गर्नेछ ।’



Author

थप समाचार
x