दल

'कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना भएन ?'

इकागज |
चैत १२, २०७९ आइतबार १५:५१ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना नभएको  भन्दै संसदमा प्रश्न गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कुँवरले उक्त क्षेत्रको जनगणना नगरेर गलत सन्देश प्रवाह भएको टिप्पणी गरे । उनले २०१८ सालमै  जनगणना भएको क्षेत्रमा अहिले आएर जनगणना नगर्नुको अर्थ के हो भन्दै प्रश्न गरे । 



Author

थप समाचार
x