दल

विदेशबाट फर्किएका नेपालीहरुको संगठन 'रिटर्नी फेडेरेन'को महाधिवेशनको उद्घाटन ओलीले गर्ने

इकागज |
चैत ८, २०७९ बुधबार १७:४८ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमाले निकट विदेशबाट फर्किएका नेपालीहरूको संगठन रिटर्नी फेडेरेन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन चैत्र ११ देखि काठमाडौंमा सुरु हुने भएको छ । 

संगठनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ११ र १२ गते राष्ट्रिय महाधिवेशन हुने र महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिएको हो । महाधिवेशनले नेतृत्व चयन गर्ने जनाइएको छ ।


पत्रकार सम्मेलनमा रिटर्नी फेडेरेन नेपालका अध्यक्ष चन्द्र बहादुर रोकायाले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायी गरि फर्केकाहरूको सहभागितामा हुने महाधिवेशनले आवश्यक नीति बनाउने जानकारी दिए । उनले विदेशबाट फर्किएका नेपालीहरूको तथ्याङ्क सरकारले राख्नुपर्ने र सीपयुक्त युवाहरूलाई राष्ट्र निर्माणका साथै उद्यमशिलतामा परिचालन गर्नुपर्ने बताए । 

आम युवाहरूलाई उद्यमी गर्न प्रेरित गर्नका लागि संगठनले काम गरिरहेको उनले जानकारी दिए । 


Author

थप समाचार
x