दल

बैतडीको नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी

इकागज |
चैत ५, २०७९ आइतवार २१:० बजे

फाइल फोटो

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुको टिम विजयी भएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भएकी छन् । उनले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गर्दै विजयी भएकी हुन् ।


घटालले ७१ मत ल्याइन् भने चन्दले ६० मत ल्याइन्। सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । अनेरास्ववियु एक्लै चुनाव लडेको थियो । 


Author

थप समाचार
x