दल

डोटीमा नेविसंघले गर्‍यो जिल्ला प्रशासन कार्यालय घेराउ

इकागज |
चैत ५, २०७९ आइतवार १८:१० बजे

फाइल फोटो

धनगढी - नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिएको हो । 

स्ववियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जी मत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले मतपेटिका तोडफोड गरेका थिए ।


अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले जानकारी दिए । नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिरहेको छ ।


Author

थप समाचार
x