दल

'सभामुखको पत्रकारप्रतिको टिप्पणी आलोच्य छ, आत्मालोचना गर्नुपर्छ'

इकागज |
चैत ५, २०७९ आइतवार १७:१४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरूको बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए । सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भीर ‘नोटिस’ मा रहेको उनकाे जिकिर छ ।


उनले राज्यको चौंथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए ।

उनले वर्तमान सत्तारूढ गठबन्धन पाँचै वर्ष जाने पनि दाबी गरे ।


Author

थप समाचार
x