दल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

इकागज |
चैत ५, २०७९ आइतवार १२:१६ बजे

काठमाडौँ - नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार विस्तार हुने उनले बताए । उनले संविधानको रक्षा, सम्वर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको बताए ।


प्रवक्ता महतले बैठकमा कसको निर्णयमा कांग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको स्पष्ट पारे । उनले काँग्रेसले मन्त्रीहरू सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताए । 


Author

थप समाचार
x