दल

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

इकागज |
माघ २६, २०७९ बिहिवार १७:१० बजे

फाइल फोटो

काठमाडौँ - सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरिएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको हो । 

बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । 


राष्ट्रपति, सुदूरपश्चिम सरकारलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको थियो । 
 


Author

थप समाचार
x