दल

गगन थापा भन्छन्- फेरि एमालेको राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ

इकागज |
माघ २५, २०७९ बुधबार १३:५५ बजे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन् । एमालेको राष्ट्रपति उम्मेदवारलाई हराउन आफूहरूले सक्दो प्रयास गर्ने थापाले बताए । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढ्ने उनको भनाइ छ । 

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएको उनले बताए । त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरू पक्षको बनाउन सबै प्रयास गर्ने उनको भनाइ छ । 


विगतका राष्ट्रपतिहरूको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो ।‘राष्ट्रपति संस्था गएको केही वर्षहरूमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दा संविधान मिच्न पाउने,' उनले भने, 'अहिले राष्ट्रपति नेकपा एमालेले बनायो भने कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । विस्तार दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । त्यसले संविधानलाई दूर्घटनामा लिएर जान्छ ।' 


Author

थप समाचार
x