दल

ओलीलाई भेट्न बिहानै बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

इकागज |
माघ २५, २०७९ बुधबार १०:४८ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । बुधबार बिहानै ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न बुधबार बिहानै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । 


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि दुई शीर्ष नेताबीच भेटघाट बाक्लिएको हो । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए ।


Author

थप समाचार
x