दल

बालकोटमा ओली र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

इकागज |
माघ २४, २०७९ मगलवार ९:१८ बजे

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भक्तपुरको बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि थिए । 

नेकपा स्रोतले दिएको जानकारी अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरूको नयाँ आधारमा धुर्वीकरणको आवश्यकता र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल भएको हो । महासचिव विप्लवले ओलीसँग तीन बुँदे सहमतिअनुसार नेता कार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ताबारे चासो राखेका थिए । 


ओलीले तीन बुँदे सहमतिअनुसार बन्दीहरूको रिहाइ र मुद्दा फिर्ताको विषयमा आफू सकारात्मक रहेको जवाफ फर्काएको नेकपाका एक नेताले जानकारी दिए । 

विप्लवले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । 


Author

थप समाचार
x