दल

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

इकागज |
माघ २३, २०७९ सोमवार १६:२७ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक विषयमा छलफल गरिरहेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गरिररहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 


भावी राष्ट्रपतिको विषयलाई लिएर दलहरुबीच तिक्तता बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले एकैपटक ओली र देउवासँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिन लागेको भन्दै प्रमुख  सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीमा सशंय पैदा भइरहेका बेला शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । 
 


Author

थप समाचार
x