दल

राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले पत्रकार सम्मेलन गर्दै

इकागज |
माघ २३, २०७९ सोमबार ९:३७ बजे

काठमाडौँ - राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी तीन मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार साँझ राजीनामा दिउका उनीहरूले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरूका बारेमा जानकारी गराइने बताइएको छ । 

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषद्‍मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हिजो राति राजीनामा बुझाएका थिए । 


रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x