दल

सरकारमा अब बस्‍न नसकिने भन्दै प्रचण्डसँगको छलफलबाट बाहिरिएका थिए रवि

इकागज |
माघ २२, २०७९ आइतवार १३:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- पार्टीको बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । आइतबार बिहान पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए । 

प्रचण्डले गैरसांसद रहेकाले रविलाई गृह मात्रै होइन् अरु मन्त्री पनि अहिले बनाउन नसकिने बताएको बालुवाटार स्रोतले बताएको छ । प्रचण्डको कुराकानीपछि रवि रिसाउँदै अब आफ्‍नो पार्टी रास्वपा सरकारमा पनि बस्‍न नसक्‍ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।


छलफलमा प्रचण्डले मन्त्री बनाउनेबारे राहदानीको मुद्धा टुंगिएपछि सोच्‍न सकिने बताएका थिए ।

सरकारमा बस्‍ने वा बाहिरिने भन्‍नेबारेमा निर्णय लिन रास्वपाको बैठक अहिले बसिरहेको छ ।

र, यो पनि


Author

थप समाचार
x