दल

स्वतः विजयी घोषित गर्न माग गर्दै निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ

इकागज |
माघ २२, २०७९ आइतबार ९:४४ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । नागरिकता विवादका कारण रवि लामिछानेको सांसद पद गएपछि उनी स्वतःघोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिन लागेका हुन् ।

श्रेष्ठले आज बिहान साढे ११ बजे आयोगमा निवेदन दिने कार्यक्रम छ । यसबारे दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने श्रेष्ठको तयारी छ । 


चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने फैसला सुनाएपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ ।


Author

थप समाचार
x