दल

राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ

माधव नेपालको निष्कर्ष : वाम-लोकतान्त्रिक गठबन्धन कांग्रेसको घमण्डले भंग भएको हो

इकागज |
माघ २१, २०७९ शनिबार १५:० बजे

काठमाडौं– नेकपा (एकीकतृ समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसको घमण्डका कारण फुटेको आरोप लगाएका छन् । शनिबार अध्यक्ष नेपालले पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै यस्तो आरोप लगाएका हुन् । 

२५ पृष्ठ लामो उक्त प्रतिवेदनमा ‘राष्ट्रिय राजनीतिक परिस्थिति’ शीर्षकमा उनले वाम–लोकतान्त्रिक गठबन्धनका भंग हुनु पछाडि चार कारण प्रस्तुत गरेका छन् । त्यसमा उनले गठबन्धन फुट्नुको प्रमुख कारण कांग्रेसको घमण्ड भएको उल्लेख गरेका छन् ।


उजले भने, ‘निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्यो ।’

नेपाली कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु, माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति हाबी हुनु पनि प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, उनले वाम–लोकतान्त्रिक मोर्चा बन्दी गरिएका सम्झौता कार्यान्वयन नहुँदा पनि गठबन्धन भत्किएको धारणा व्यक्त गरे छन् । 'तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध संङ्घर्ष गर्ने क्रममा निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन’ भन्ने प्रतिबद्धताका साथ निर्वाचनमा गएको थियो,’ उनको भनाइ छ ।

उनले अगाडि भनेका छन्, ‘यस प्रतिबद्धता अनुसार निर्वाचनपछि उक्त वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बन्नु पर्दथ्यो, तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले आफू पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान लिएको र एकपटक वचन दिइसकेका शेरबहादुर देउवा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्ड अप्रत्यासित रूपमा एमालेसहितका दलहरूसँग गठबन्धन गरी प्रधानमन्त्री बन्न गएकाले निर्वाचनका बेला कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ ।’

उनले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूलगायत विभिन्न विषय समेटिएका छन् । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु भएको हो । यो भोलिसम्म चल्नेछ ।

प्रतिवेदनकाे पूर्णपाठ : 

 


Author

थप समाचार
x