दल

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

इकागज |
माघ १९, २०७९ बिहिवार १८:११ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको बताएको हो ।


बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रीय कमिटीमा पेस गर्ने बताए ।

 उनले प्रतिवेदनलाई थप परिस्कृत बनाउन बैठक बसेको उल्लेख गरे ।

बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई पनि समेटिएको जानकारी दिए । उनले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताए ।


Author

थप समाचार
x