दल

रविको चेतावनी- मेरो मौनता आजसम्म मात्रै हो

इकागज |
माघ १९, २०७९ बिहीबार १३:३७ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्म मात्रै रहने बताएका छन् । बिहीबार दिउँसो फेसबुकमा छोटो प्रतिक्रिया दिँदै आफूलाई भन्न र लेख्न बाँकी केही भए लेख्न भन्दै ब्यङ्ग्य गरेका छन् । 'अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला,उनले लेखेका छन्, 'लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।'

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठनका बेला लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् । 


गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका छन् ।तर प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । 


Author

थप समाचार
x