दल

कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ?

इकागज |
मंसिर १७, २०७९ शनिवार १७:५४ बजे

फाइल तस्बिर

काठमाडौं- कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ । राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रहेको राप्रपा नेपालले प्रदेश सभातर्फ भने मत बढाएको देखिन्छ । उक्त पार्टीले प्रदेश नम्बर १ मा ३,३९१ मत पाएको छ ।

बागमती प्रदेश सभामा समानुपातिकतर्फ ५६७५ मत प्राप्त गरेको छ । मधेश प्रदेशमा ६,५२२ मत ल्याएको छ । यस्तै गण्डकीमा ९०५ मत पाएको राप्रपा नेपालले लुम्बिनी प्रदेशमा भने ३,३४९ मत प्राप्त गरेको छ ।


यसैगरी कर्णाली प्रदेशमा ६०६ मत र सुदूरपश्चिम प्रदेशमा १,२३९ मत ल्याएको छ ।


Author

थप समाचार
x