दल

मेराे निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छुः मन्त्री कार्की

इकागज |
मंसिर १५, २०७९ बिहीबार १४:४८ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए । उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताए ।

मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपाएमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

मन्त्री कार्कीले कुसियैतलाई ११२ मतअन्तरले पराजित गरेका छन् । त्यस्तै सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १८१ मत प्राप्त गरेका छन् ।

 


Author

थप समाचार
x