दल

अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैनः पौडेल

इकागज |
मंसिर १५, २०७९ बिहीबार १३:५५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन् । बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डाका बारेमा बोल्दै उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएका हुन् । 

 उनले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए । राजनीतिक स्थिरताका निमित्त धेरै आश गर्ने ठाउँ नरहेको उनको भनाइ छ । ‘स्थिरता र अस्थिरता जनादेशमा भर पर्ने कुरा हो । यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन,' उनले भने, 'यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ । यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ । म कुनै एउटा पार्टीले बहुमत ल्याओस् भन्ने चाहन्थेँ । एउटा कार्यकाल उसको पोलिसीको आधारमा देशको नेतृत्व गरोस् । उसका नीतिहरुको व्यवहारिक रुपमा परीक्षण होस् भन्ने म चाहन्थेँ । तर चाहना माथि जनादेश छ । राजनीतिक स्थिरताका निमित्त त्यत्ति धेरै आशा गर्ने ठाउँ छैन ।’


उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको बताए । उनले संविधान निर्माणपछि बनेका सरकारको कामहरु वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने माग गरे । 


Author

थप समाचार
x