दल

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता, एमालेकी अर्याल १३ सय मतले पछि

इकागज |
मंसिर १५, २०७९ बिहीबार १३:२० बजे

काठमाडौं - स्याङ्जा-२ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् ।  यस्तै, एमाकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन् ।

अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याएका छन् । 


स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । ४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिए । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि  मतगणना सुरु भएको हो ।


Author

थप समाचार
x