दल

प्रचण्डले छोडेको चितवन–३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २३:३३ बजे

काठमाडौँ - चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । उनी ३४ हजार ३६२ मत ल्याएर विजयी भएका हुन् । ५६ सालयताका संसदीय निर्वाचनमा राप्रपाबाट उम्मेदवार हुँदै आएका पाण्डेको यो दोस्रो जित हो ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ प्राप्त गरे । कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए ।


यो क्षेत्रबाट अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए । त्यो बेला पाण्डे नै दाहालका निकटतम प्रतिद्वन्द‍्वी रहेका थिए । 

पाण्डे यसअघि ७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन-५ बाट विजयी भएका थिए ।


Author

थप समाचार
x