दल

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

इकागज |
असोज १०, २०७९ सोमवार २१:५६ बजे

काठमाडौँ- रवीन्द्र मिश्रले विवेकशील साझा पार्टी परित्याग गरेका छन् ।

पूर्वअध्यक्ष मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटा समक्ष पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् ।


उनले साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट आफूलाई निःस्वार्थ सहयोग गर्ने र सद्भाव राख्ने सबैप्रति आभार प्रकट गर्दै राजीनामा दिएका छन् । उनले राजीनामा दिँदै भने, 'म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ । मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागेदार अरू कोही नभएर म हुनेछु । परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ ।'


Author

थप समाचार
x