दल

समानुपातिक विवाद सल्ट्याउन राप्रपाकाे बैठकमै चुनाव, राणा र लाेहनीमा काे अगाडि?

इकागज |
असोज १०, २०७९ सोमबार २०:३० बजे

काठमाडौँ-  राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा पहिलो नम्बरमा को बस्ने भन्ने विवाद सल्ट्याउन चुनाव सम्पन्न गरेकाे छ । पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये बन्दसूचीमा पहिलो नम्बरमा को बस्ने भन्ने विवाद सल्ट्याउन राप्रपाले बैठकमै चुनावबाट टुंग्याएको हाे ।

दुवैजना खसखार्य पुरुषतर्फ पहिलो नम्बरमा बस्न अडान नछाडेपछि सोमबार कार्यसम्पादन समितिको बैठकमा गोप्य मतदान गरेकाे थियाे ।


३१ सदस्यीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा २४ जना मात्र उपस्थित थिए । राणा र लोहनी मतदानअघि नै बैठकबाट बाहिरिए भने अध्यक्ष राजेन्द्र लिङ्देनले मतदानमा भाग लिएनन् ।

मतदानको नतिजामा राणाले बाजी मारेका छन् । उनले ११ मत पाउँदा डा. लोहनीको ९ मत मात्र पाए ।


Author

थप समाचार
x