दल

गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त : शंकर पोखरेल

इकागज |
असोज ८, २०७९ शनिवार १७:४४ बजे

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् ।

शनिबार काठमाडौँमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभ मात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् ।


उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउने काम एमाले मात्रै गर्ने दाबी गरे । नेतृत्वको प्रश्न सुल्झाउने चुनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै विषय नभएको उनकाे भनाइ थियाे । उनले अब मुलुकलाई रूपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरू एकठाउँ उभिन जरुरी रहेको धारणा राखे । उनले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताए ।

पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चुनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गरे ।

पोखरेलले मुलुकको उचित विकासको मोडललाई अवलम्बन गर्नुपर्ने जिकिर गरे ।


Author

थप समाचार
x