दल

राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक : सिंह

इकागज |
असोज ८, २०७९ शनिवार १७:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको बिस्तारै चासो बढ्नु सकारात्मक भएको भन्दै युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार मोरङ समाज काठमाडौँले दसैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले स्वास्थ्य, शिक्षा, रोजगारीमा जोड दिँदै सीपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।


मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरि काम गर्ने उनले बताए । नेता सिंहले संविधानको कार्यान्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेको जिकिर गरे ।

कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको भन्दै उनले कांग्रेस संसद्‍मा बलियो भएपछि मात्र संविधान जारी भएको दाबी गरे । 


Author

थप समाचार
x